PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

फ्यान्सी बिएरले गर्‍यो यस्तो खुलासा, २०१० विश्वकपकमा यी फुटबलरले प्रयोग गरेका थिए ड्रग्स



पहिलोपोस्ट

फ्यान्सी बिएरले गर्‍यो यस्तो खुलासा, २०१० विश्वकपकमा यी फुटबलरले प्रयोग गरेका थिए ड्रग्स

फ्यान्सी बिएर ह्याकर टिमले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा फुटबल खेलाडीले विभिन्न प्रकारका ड्रग्स प्रयोग गरेको शनसनी खेलाडी गरेको छ।

उक्त टिमले विभिन्न चरणमा डाटाहरु प्रस्तुत गर्दै थेपाउपटिक युज एक्सेम्पसन (टियुई) ड्रग्स प्रयोग गरेको खुलासा गरेका हुन्।

रसियासँग नजिक रहेको साइबर इस्पियोनेज ग्रुपले फ्यान्सी ह्याकरले यसअघि साइकलिस्ट क्रिस प्रम र सर ब्राडले विङ्सले थेपाउपटिक युज एक्सेम्पसन (टियुई) प्रयोग गरेको डकुमेन्ट लिक गरेको थियो।

यस्तै उनीहरुले अन्तर्राक्ष्ट्रय एथ्लेटिक्स संघ आइएएएफको कम्पुटर सिस्टम ह्याक गरेका थिए। जसमा बेलायती धावक मो फराह डोपिङको शंकामा राखेको थियो।

फ्यान्सी बिएरले सार्वजनिक गरेको डकुमेन्टमा करिब २ सय फुटबलरले डोफिङमा परेको उल्लेख छ।

फ्यान्सी बिएका अनुसार २०१० को विश्वकपमा ठूला नामका खेलाडी अर्जेन्टाइन कार्लोस टेभेज, जर्मनीका मारियो गोमेज, नेदरल्याण्ड्सका डिर्क क्युटलाई ड्रग्स प्रयोग गरेको आरोप छ।

फ्यान्सी बिएर टिमले 'ग्रीटिङ्स सिटिज्नस अफ दी वर्ल्ड' लेख्दै डकुमेन्ट सार्वजनिक गरेको छ।

फ्यान्सी बिएरले फुटबलसँग सम्बन्धित विभिन्न स्रोतबाट लिग डकुमेन्ट सार्वजनिक गरेको बताएको छ।

ड्रग्स प्रयोग गर्नेमा मा सबैभन्दा धेरै खेलाडी अर्जेन्टिनाका छन्। टेभेजसँगै डिएगो मिलिटो, जुवन भेरोन, गाब्रिएल हाइन्ज र वाल्टर सामुएल छन्। यस्तै जर्मनीबाट गोमेजसँगै हान्स जर्ग बट, डेनिस आगो र क्रिस्टियन ट्रास छन्। उक्त विश्वकपमा २५ खेलाडी ड्रग्स प्रयोग गरेको फ्यान्सी बिएरले जनाएको छ।

यी खेलाडीहरुलाई विश्वकप अवधीभर उक्त ब्याण्ड मेडिसिन प्रयोग गर्न अनुमति दिइएको बीबीसीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell