PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

राष्ट्रिय सहकारी संघले बाढीपीडितका लागि दियो २५ लाख  रुपैयाँ



रासस

राष्ट्रिय सहकारी संघले बाढीपीडितका लागि दियो २५ लाख  रुपैयाँ

काठमाडौँ :  राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ। 

संघका अध्यक्ष तथा सांसद केशव वडाल नेतृत्वको टोलीले सो रकम संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो। 

साउन २७ गतेदेखि २९ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका पीडितका लागि रकम हस्तान्तरण गरिएको हो। 

त्यसैगरी संघले मातहतमा रहेका केन्द्रीय सहकारी संघ राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत ३४ हजारभन्दा बढी प्रारम्भिक सहकारी संस्थालाईसमेत सक्दो सहयोग उपलब्ध गराउन आग्रह गरेको छ। 

संस्थाले यसअघि भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ प्रदान गरेको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell