PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

जुडुवा स्टार सलमानले जुडुवा २ को गरे प्रवर्द्धन



पहिलोपोस्ट

जुडुवा स्टार सलमानले जुडुवा २ को गरे प्रवर्द्धन

बलिउडका हिरो बरुण धवन पक्कै पनि जुडुवा टूको ट्रेलरबाट दङ्ग छन्। नहुन् पनि किन जब बलिउड स्टार सलमान खानले त्यसको प्रचार जो गरेका छन्।

जुडुवा फिल्ममा डबल रोलमा थिए सलमान। तर त्यसको सिक्बेलमा उनी अतिथि भूमिकामा देखिनेछन् र दोस्रो जुडुवा हुँदैछन् धवन।

जुडुवा वानले जुडुवा टू का लागि ट्विट गर्दै प्रोमो सेयर गरेपछि धवन मख्ख नपर्नु कसरी? त्यसै पनि जुडुवाको सिक्बेलले इन्टरनेटमा एकखाले हौवा फैलाइसकेको छ। विशेष भूमिकामा सलमान देखापरे पनि फिल्म दर्शकले उनको पुरानो रोल भने मिस गर्नेछन्।
 

सलमान खानले जुडुवा १ ले जुडुवा २ का लागि ट्विट गरेको जानकारी दिँदै भिडियो सेयर गरेपछि बरुण पनि चुप किन बस्थे? उनले पनि लेखिहाले : तपाईँ नै सधै सक्कली जुडुवा भाइ हुनुहुन्छ।

सलमान खानको जुडुवामा करिस्मा कपुर र रम्भा दुई हिरोइन थिए भने सिक्बेलमा तापसी पान्नु र ज्याकलिन फर्नान्डेस रहनेछन्। 

बरुणका अनुसार जुडुवा उनका बाबु डेभिड धवनले बनाएमध्ये राम्रो फिल्म हो जुन उनी बच्चादेखि नै हेर्दै आएका थिए। जुडुवाको सिक्बेल भने २९ सेप्टेम्बरमा रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell