PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

 संसददेखि स्थानीय तहसम्म महिलालाई अवसर छः राष्ट्रपति 



रासस

 संसददेखि स्थानीय तहसम्म महिलालाई अवसर छः राष्ट्रपति 

भक्तपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्देखि स्थानीय तहसम्म अहिले महिलालाई अवसर आएको बताएकी छन् । 

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको श्रावणी मेलाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलालाई अवसर आएको बताइन्।

संसद्देखि स्थानीय तहसम्म जनप्रतिनिधि भएर काम गर्ने अवसर पाउनु नेपाली महिलाका लागि सामाजिक अवसर नै भएको उनको भनाइ थियो। 

प्राचीन कालदेखि नै जीवन र जगत् चल्न महिला र पुरुषको समान भूमिका रहेको चर्चा गर्दै भण्डारीले भनिन्,‘धर्मशास्त्रमा पनि पहिला महिला अर्थात् लक्ष्मीको नाम आउँछ । त्यसैगरी अहिले महिलालाई पनि अवसर आएको छ।’ 

महिलालाई आएको यो अवसरको सदुपयोग गर्नुपर्नेमा उनको भनाइ थियो । सबै मिलेर अगाडि बढे देश विकास टाढा नभएको पनि उनले उल्लेख गरिन्।

उनले भनिन्, “कहीँ कतै ठाउँ पाइएन भनेर चित्त दुखाउनुपर्ने छ जस्तो लाग्दैन । फराकिलो चित्त पारेर अगाडि बढे समाज अगाडि बढ्छ ।” 

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दा मौलिक स्वरुपको जगेर्नामा ध्यान दिनुपर्नेमा पनि राष्ट्रपति भण्डारीले सचेत गराइन्।

कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले कूल ५५ करोड रुपैयाँको गुरुयोजना बनाएर मन्दिरको पुनःनिर्माण सुरु गरिएको र दाताको सहयोग एवं चन्दाबाट पुनःनिर्माण अगाडि बढेको जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell