PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नियम मिचेको भन्दै नेमारविरुद्ध बार्सिलोनाको उजुरी, ८.५ मिलियन युरो माग



पहिलोपोस्ट

नियम मिचेको भन्दै नेमारविरुद्ध बार्सिलोनाको उजुरी, ८.५ मिलियन युरो माग

नेमारको पेरिस सेन्ट जर्मेन (पिएसजी) सरुवाको विरुद्धमा स्पानिस क्लब बार्सिलोनाले कानुनी उपचार सुरु गरेको छ।

पिएसजीमा विश्व कीर्तिमानी २२२ मिलियन युरोमा स्थानान्तरण हुने क्रममा नेमारले नियम मिचेको भन्दै बार्सिलोनाले ८.५ मिलियन युरो क्षतीपूर्ती माग गरेको छ भने त्यसको दश प्रतिशत ब्याज समेत मागेको छ।

बार्सिलोना छाड्नुअघि गत अक्टोबरमा क्बसँग सम्झौता नविकरण गर्दा गरेको वाचा नेमारले पूरा नगरेको भन्दै बार्सिलोनाले स्पानिस फुटबल संघमा उजुरी दायर गरेको हो।

यदी नेमारले उक्त रकम नतिरे बार्सिलोनाले पिएसजीले तिर्नुपर्ने माग समेत राखेको छ।

क्लबले मंगलबार स्टमेन्ट जारी गर्दै लेखेको छ, ‘बार्सिलोनाले फ्रेन्च फुटबल फेडेरेसन र फिफामा समेत पुग्ने गरी कानुनी प्रक्रियाका लिग स्पानिस फुटबल फेडेरेसनमा उजुरी दर्ता गरेको छ। यसअघि बार्सिलोनाले पहिलो पटक अगस्ट ११ मा बार्सिलोना लेवर कोर्टमा पठाएको थियो।‘

नेमारले गत अक्टोबरमा बार्सिलोनासँग ५ वर्षको सम्झौता थप गरेपनि उनी त्यसको १ वर्ष नबित्दै कीर्तिमानी रकममा पिएसजी पुगेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell