PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

३३ किलो चरेससहित नेपालगञ्जमा ४ जना पक्राउ



रासस

३३ किलो चरेससहित नेपालगञ्जमा ४ जना पक्राउ

नेपालगञ्ज :  मध्यपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज सल्यानीबागस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ। 

प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति ३२ किलो ७०० ग्राम चरेससहित चार जनालाई पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए। 

पक्राउ पर्नेमा नेपालगन्जका सोपबहादुर पुन, दिपकुमारी पुन, प्रेमा चन्द र बर्दियाका हिरा बुढा रहेका छन्। 

यसैबीच, १२ बर्षिय एक नाबालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त बाँके खजुराका राजितराम राढ पक्राउ परेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell