PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रकाशमान सिंहले भने- जनतामा छाएको निराशा हटाउन सवै दल एक हुनुपर्छ



पहिलोपोस्ट

प्रकाशमान सिंहले भने- जनतामा छाएको निराशा हटाउन सवै दल एक हुनुपर्छ

काठमाडौः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा छाएको निराशा हटाउन सवै दल एक भएर लाग्नुपर्ने बताएका छन्। 

बुधबार विहान गणेशमान सिंह अस्पतालले स्थानीय निकायका जनप्रतिनिधिको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले अझै पनि राजनीतिक संक्रमणबाट मुलुक गुज्रिएकाले तीनै तहको निर्वाचन सम्पन्न गरिसकेपछि राजनीतिले नयाँ कार्स लिने बताए।

उनले निर्वाचन सम्पन्न गराउनु अहिलेको प्राथमिकता रहेकाले त्यसका लागि सवै दल एक भएर लाग्नुपर्ने बताए।

सिंहले सधैं निराशाजनक कुरा गरेर मुलुक समृद्धिको  बाटोमा जान नसक्ने भएकाले भएका राम्रा कामको चर्चा गर्नुपर्ने बताए।  

उनले स्थानीय तहको अधिकार संविधानले व्यवस्था गरे अनुसार नै हुने भएकाले अधिकार कटौती नहुने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell