PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

बार्सिलोना आक्रमणका मुख्य योजनाकारको प्रहरी कारबाहीमा मृत्यु



रासस

बार्सिलोना आक्रमणका मुख्य योजनाकारको प्रहरी कारबाहीमा मृत्यु
फोटो श्रोतः inforum.com

बार्सिलोना :  स्पेनको प्रहरीले बार्सिलोना आक्रमणका मुख्य संदिग्ध युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मारिएको बताएको छ। 

गत बिहीबार लस र्याम्ब्लसमा मानिसहरुमाथि भ्यान जोताउने उनी नै भएको स्पेनको प्रहरीको विश्वास छ। आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने एक सय भन्दा बढी घाइते भएका थिए। 

बार्सिलोनादेखि ४० किलोमिटर पश्चिममा एउटा फोहोर प्रशोधन केन्द्र नजिक गोप्य सूचनापछि उनलाई गोली हानिएको प्रहरीले जनाएको छ। 

नक्कली विस्फोटक ‘बेल्ट’ लगाएका अबुयाकुब अरेबिकमा ’ईश्वर महान् हन्’ भन्दै चिच्याएका थिए। सुबीराट्स क्षेत्रलाई घेराउ गरी सुरक्षाकर्मीले संदिग्धको व्यापक खोजी गरिरहेको थियो। एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell