PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ७४ जना घाइते



रासस

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ७४ जना घाइते
फोटो श्रोतः khaleejtimes.com

नयाँदिल्ली : भारतीय राज्य उत्तर प्रदेशमा बुधबार रेल दुर्घटना हुँदा ७४ जना घाइते भएका छन्। 

बुधबार बिहान सबेरै भएको दुर्घटना भएको रेलका १० वटा डिब्बा पटरीबाट अलग भएका अधिकारीहरुले जानकारी दिएका छन्। 

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ। 

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको वरिष्ठ स्थानीय सरकारी अधिकारी अरभिन्द कुमारले जानकारी दिए।

 भारतको उत्तर प्रदेशको मुजाफ्फारनगर जिल्लामा गत आइतबार मात्र भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु हुनुको साथै अन्य १५० भन्दा जना घाइते भएका थिए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell