PahiloPost

Jun 24, 2026 | १० असार २०८३

४८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा दिल्लीमा

४८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा दिल्लीमा

रासस/पहिलोपोस्ट


नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइपुगेका छन्। 

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आएका हुन्। 

प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हार्दिक स्वागत गरिन्। 

प्रधानमन्त्रीको स्वागतमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका उच्च अधिकारीहरु उपस्थित थिए। 

आज अपरान्ह ३ बजे उहाँले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् भने आजै साँझ ७.३० बजे नेपाल र भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। रासस 


ट्रेन्डिङ पोस्ट

Ncell