PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी



रासस

झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी

झापा :  झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ। 

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरका अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए। 

कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई हजार ४७८ जना बाढीपीडितको स्वास्थ्य परीक्षण गरिएको थियो।

आम्दा अस्पताल दमक, नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 

झापा गाउँपालिकाको चार स्थान, कचनकवलको दुई, गौरीगञ्जको एक, बाह्रदशीको एक, गौरा दह नगरपालिकाको दुई र शिवसताक्षी नगरपालिकाको एक स्थानमा शिविर सञ्चालन गरिसकेको जनस्वास्थ्य झापाले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell