PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बाढीबाट चितवनमा २ करोड ७४ लाखका पशुपन्छी क्षति



रासस

चितवन : बाढीका कारण जिल्लामा चितवनमा दुई करोड ७४ लाख ४३ हजार रुपैयाँ बराबरको पशुपन्छीको क्षति भएको छ। 

जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ। बोइलरतर्फ एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा ८८ लाख ४४ हजार, स्थानीय कुखुरा तीन लाख तीन हजारको क्षति भएको छ। बाढीका कारण ११ वटा गाई मरेका थिए। 

यस्तै, बाढीबाट आठ लाख २५ हजार बराबरका ५५ वटा बाख्रा, सात लाख ९० हजार बराबरका ७९ वटा बंगुर, हाँस २२४ वटा, चोकर १९० बोरा र दाना सात हजार ४५३ किलो नष्ट भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिए। 

बाढीबाट १३ वटा खोर÷गोठ नष्ट भएका छन्। भरतपुर महानगरपालिकामा एक करोड २६ लाख ४६ हजार बराबरको पशुपन्छी क्षति भएको छ।

रत्ननगर नगरपालिकामा ९२ लाख १४ हजार, माडी नगरपालिकामा तीन लाख तीन हजार, खैरहनी नगरपालिकामा ३१ लाख ६५ हजार, राप्ती नगरपालिकामा २१ लाख १५ हजार बराबरको पशुपन्छी क्षति भएका कार्यालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell