A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6aafe38c97f740.70706153): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6aafe38c97f740.70706153,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

तीजको ब्रत बस्नेलाई डाक्टरको यस्तो टिप्स 
PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

तीजको ब्रत बस्नेलाई डाक्टरको यस्तो टिप्स 



सागर बुढाथोकी

तीजको ब्रत बस्नेलाई डाक्टरको यस्तो टिप्स 

काठमाडौं : हिन्दु महिलाहरुको चाड तीजको सांस्कृतिक महत्व छुट्टटै छ। महिलाहरुले रातै सजिएर मनाउने यो पर्वमा निराहार ब्रत बस्ने परम्परा छ। पतिको सुस्वास्थ्यको कामना गर्दै पानीसमेत नपिउनेहरु उत्तिकै छन् अहिले पनि।  

तर, चिकित्सकहरु भन्छन्, ‘निराहार ब्रतले महिलाहरुको स्वास्थ्यमा गम्भीर असर गर्छ।’

त्यसैले ब्रतालुको भिड लाग्ने शिव मन्दिरहरुमा उपचार गर्ने टोलीहरु नै खटिनुपर्ने अवस्था छ। पशुपति क्षेत्रमा आज उपचार गर्ने स्वयम्सेवीहरु पनि छन्। आफ्नै शरीरलाई सास्ती दिएर ब्रत बस्न नहुने तर्क छ चिकित्सकहरुको। 

किन बस्नुहुन्न निराहार ब्रत?

ओम अस्पतालमा आइसीयुमा कार्यरत  डाक्टर दिलजान मन्सुर भन्छन्, ‘वास्तवमा व्रत बस्नु हुन्न। ३ घण्टाभन्दा बढी भोकै बस्नु हानिकारक हुन्छ। भोकै बस्दा शरीरमा ग्लुकोजको मात्रा कमी हुन्छ। ग्लुकोज भएन भने शरीरका अंगहरु मुटु, कलेजो, मष्तिक र मिर्गैलामा असर पर्छ।’

भोको बस्दा पेटमा ‘किटोन’ बढ्छ। शरीर कमजोर भएर रिंगटा लाग्छ। ब्रेन डेथ हुनसक्छ। 

मनसुरले सचेत गराए, ‘रोगी महिलाहरुले निराहार ब्रत बसे भने हर्ट अट्याक हुनसक्छ। सुगर,प्रेसर भएका र अन्य दीर्घरोगीहरुले ब्रत बस्न नै हुँदैन। स्वस्थ महिलाहरुले ब्रत बस्दा पनि सावधानी अपनाउनुपर्छ।’

कसरी बस्न सकिन्छ ब्रत ?

मन्सुर भन्छन्, ‘शरीरलाई चाहिने ग्लुकोज फलफूल,जुस र पानीबाट प्राप्त गर्न सकिन्छ। इनर्जी डिङ्स, दहीमा फलफूल मिसाउँदा पनि शरीरलाई आवश्यक पर्ने ग्लुकोज प्राप्त हुन्छ।’

यसरी फलफूल र जुस खाएर ब्रत बस्यो भने शरीरका कोशिका मर्दैनन्। रिंगाटा लाग्दैन र शरीर सुख्खा नभएपछि महिलाहरुलाई असर नपर्ने मनसुर बताउँछन्।

मनोरोग विशेषज्ञ डाक्टर संजीव गौतम ब्रत बस्नु राम्रो भए पनि निराहार ब्रत बस्दा मानसिक रुपमा गाह्रो हुने बताउँछन्। 

उनी भन्छन्, ‘भोको, बस्दा रीस उठ्ने, रिंगाटा लाग्ने हुनाले मानसिक रुपमा असर पर्छ। फलफूल खाएर रमाइलोसँग चाडपर्व मनाउने हो भने तीजबाट मनारोगीहरुलाई राहत मिल्न सक्छ। तर, भोकै भने बस्नु हुन्न।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell