PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

चीनद्वारा नदी प्रदुषण रोक्न दुई लाख अधिकारी नियुक्त



रासस

चीनद्वारा नदी प्रदुषण रोक्न दुई लाख अधिकारी नियुक्त
फोटो श्रोतः picquery.com

बेईजिङ : चीन सरकारले वातावरणीय प्रदुषणविरुद्ध लड्न भन्दै दुई लाख जनालाई नदी हेर्ने प्रमुख अधिकारीका रूपमा नियुक्त गरेको छ। 

उनीहरु प्रदेश, जिल्ला, सहर, टोल तहका रहेको अधिकारीहरुले जानकारी दिएका छन्। 

सरकारले आगामी सन् २०१८ को अन्त्यसम्ममा देशभरी नै यस्ता नदी प्रमुखहरुले योजना बनाई काम सुरु गर्ने जनाएको छ। 

गत सन् २०१६ को डिसेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय र प्रदेश समितिले देशभरी नदी प्रमुखहरु नियुक्त गर्ने निर्णय गरेको थियो। 

जलश्रोत मन्त्रालयको निर्माण तथा व्यवस्थापन मन्त्रालयका प्रमुख जु लैमिङले प्रदुषण नियन्त्रणका लागि चीनले अपेक्षा गरे भन्दा छिटो सुधार गरेको र तोकिए अनुसार नै आफ्नो लक्ष्य पुरा हुने बताए। 

उनले जुलाई २० देखि ३१ वटा प्रान्तमा क्षेत्रीय तहको योजना तथा नीति कार्यान्वयन सुरु गरेको जानकारी दिए। 

तिनीहरु मध्ये १६ क्षेत्रमा टोल तहसम्म नदी प्रमुख नियुक्त गरेको र अन्य १५ वटामा गाँउ तहसम्मको संयन्त्र बनाएको उनले बताए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell