PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

इंगल्याण्डका सर्वाधिक गोलकर्ता वायन रुनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



पहिलोपोस्ट

इंगल्याण्डका सर्वाधिक गोलकर्ता वायन रुनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

इंगल्याण्डका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका वायन रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट बुधबार सन्यासको घोषणा गरेका छन्।

उनले टिम छनोट हुन आफ्नो लागि सँधै सम्मानको विषय भएपनि अब सन्यास लिने समय भएको बताए।

३१ वर्षिय एभरटन स्ट्राइकर रुनीले इंगल्याण्डका लागि ११९ खेल खेल्दै ५३ गोल गरेका छन्। म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान रुनी युनाइटेडका समेत सर्वाधिक गोलकर्ता हुन्।
 

यसै सिजन मात्र युनाइटेडबाट ब्वायहुड क्लब एभरटन पुगेका रुनीले मर्सिडिज क्लबका लागि दुई खेलमा २ गोल गरिकसका छन्। तर अर्को वर्ष रुसियामा हुने विश्वकपमा अब रुनी देखिने छैनन्।

रुनीले सन् २००३ को फेब्रुअरीमा अप्टन पार्कमा अष्ट्रेलिया विरुद्ध इंगल्याण्डका लागि डेब्यु गरेका थिए।

१७ वर्ष १११ दिनमा अष्ट्रेलिया विरुद्ध मैदा उत्रदाँ रुनी इंगल्याण्डका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका थिए।

रुनी पिटर सिल्टन (१२५) पछि खइंगल्याण्डका लागि सर्वाधिक क्याप जित्ने खेलाडी समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell