PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

लिभरपुल, स्पोर्टिङ, सिएसकेए मस्को युरोपियन च्याम्पयन्स लिगमा छनोट, क्वाराबागको इतिहास



पहिलोपोस्ट

लिभरपुल, स्पोर्टिङ, सिएसकेए मस्को युरोपियन च्याम्पयन्स लिगमा छनोट, क्वाराबागको इतिहास

लिभरपुल, स्पोर्टिङ सिएफ, सिएसकेए मस्को, अपोल निकोसिया र क्वाराबाग फ्लेअफ खेल जित्दै युरोपियन च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएका छन्।

क्वाराबागले च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट हुने पहिलो अजरवैजानी क्लब बन्दै इतिहास बनाएको छ।

गएराती भएको खेलमा होफेमहेइमलाई ४-२ लेपराजित गर्दै लिभरपुलले समग्रमा ६-३ को जित हासिल गरेको हो। लिभरपुलको जितमा इम्रे कानले २ तथा मोहम्मद सलाह र रोबर्टो फिर्मिन्होले १-१ गोल गरे। होफेनहेइमका लागि मार्क उथ र सान्ड्रो वागनरले गोल गरे।

लिभरपुल छनोट भएपछि इंगल्याण्डबाट यसपटक कूल ५ क्लबले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने भएको छ। जसमा चेल्सी, म्यानचेष्टर युनाइटेड, म्यानचेष्टर सिटी, टोटनहम र लिभरपुल छन्।

यता अवे मैदानमा डेनिस क्लब एफसी कोभनहेगनसँग २-१ ले हारेपछि समग्रमा २-२ गोलको बराबरी भएपद्दि क्वाराबाग अवे गोलको मद्दतमा छनोट भएको हो। घरेलु मैदानमा भएको पहिलो लेग १-० ले जितेको क्वारावागले दोस्रो लेगमा कोभनहेगनको मैदानमा गोल गर्दै छनोटको इतिहास बनाएको हो।

यस्तै पोरचुगिज क्लब स्पोर्टिङले रोमानियन क्लब स्टेउ बुखारेस्टीलाई दोस्रो लेमा ५-१ ले हराउँदै समग्रमा ५-१ को जित निकाल्यो। पिहलो लेग गोलरहित बराबरीमा सकिएको थियो।

अन्य खेलमा रसियन क्लब सिएसकेए मसक्ले स्वीस क्लब योङ ब्वाइजलाई समग्रमा २-० तथा साइप्रस क्लब अपोल निकोसियाले चेक रिपब्लिकको सल्भिया प्रागलाई समग्रमा २-० ले नै हरायो।

प्लेअफबाट १० क्लब छनोट भएपछि युरोपियन च्याम्पियन्स लिग २०१७-१८ मा खेल्ने सबै ३२ टोलीकव टुङ्गो लागिसकेको छ।

अब आज मोफनाकोमा समूह चरणको लागि ड्र गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell