PahiloPost

Jul 5, 2025 | २१ असार २०८२

तीजले ट्राफिक जाम हुनसक्छ : यी रुटमा बुझेरमात्र यात्रा गर्नुस्



पहिलोपोस्ट

तीजले ट्राफिक जाम हुनसक्छ : यी रुटमा बुझेरमात्र यात्रा गर्नुस्

काठमाडौः ट्राफिक प्रहरीले काठमाडौंको पशुपति क्षेत्र आसपासका केही सडकहरुमा आज दिनभर सवारी चलाउन रोक लगाएको छ। हरितालिका तिजका कारण पशुपति क्षेत्रमा दर्शानार्थीको भिड लाग्ने भएकाले दिनभर सवारी आगमनमा रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

रोक लगाएका बाहेक अन्य क्षेत्रमा भने सवारी आगमनको अवस्था सामान्य भएको प्रहरीले जानकारी दिएको छ। 

यस्तो छ सवारी रुट

यात्रुबाहक सवारी साधनको लागि नयाँ बानेश्वर तीनकुने भएर चल्ने तथा रिङरोड परिक्रमा गर्ने गाडीलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्किने व्यवस्था गरिएको छ। यसैगरी कलंकी, हलचोक, बालाजु, महाराजगन्ज भएर चल्ने गाडी सुकेधारा भएर चल्ने व्यवस्था गरिएको छ। रातोपुल गौशाला भएर चावहिल तर्फ चल्ने गाडीलाई भद्रकाली, सुन्धारा, भोटाहिटी जमल हुँदै चल्ने व्यवस्था मिलाइएको छ। रातोपुल, गौशाला, चावहिल हुँदै बौद्धतर्फ जाने गाडी पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै चल्ने छन्। मित्रपार्कबाट पशुपति हुँदै नारायणटार पुलाट करिडोरको बाटो भने मालवाहक गाडीको लागि रोक लगाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell