PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

मोटरसाइकलको ठक्करबाट पुरानो बसपार्क नजिक एक जनाको मृत्यु



रासस

मोटरसाइकलको ठक्करबाट पुरानो बसपार्क नजिक एक जनाको मृत्यु

काठमाडौँ :  काठमाडौंको पुरानो बसपार्क नजिक मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बा८३प ५७८७ नम्बरको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापाको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते भएका थापाको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिकाका २८ वर्षीय योगेन्द्र तामाङको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell