PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच हैदरावाद भवनमा द्विपक्षीय वार्ता सुरु



रासस

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच हैदरावाद भवनमा द्विपक्षीय वार्ता सुरु

नयाँदिल्ली:  भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अहिले प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता सुरु भएको छ। 

वार्ता सम्पन्न भएलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ। आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन्। 

प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell