PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

मकवानपुरको मनहरि खोलाले बगाएर तीन बालकको मृत्यु, एक घाइते



रासस

मकवानपुरको मनहरि खोलाले बगाएर तीन बालकको मृत्यु, एक घाइते

हेटौँडा :  मकवानपुरको मनहरि गाउँपालिका–७ को मनहरि खोलामा आज विहान नुहाउन गएका तीन बालकको खोलाले बगाएर मृत्यु भएको छ। 

प्रहरीका अनुसार खोलाले बगाएर मनहरि गाउँपालिकाका सुजन थिङका छोरा ११ वर्षीय अमन थिङ, दीपक रुम्बाका छोरा ७ वर्षीय अलेख रुम्बा र बाबुलाल रुम्बाका ७ वर्षीय छोरा प्रकाश रुम्बाको मृत्यु भएको हो।

यसैगरी, खोलाले बगाएर तेजमान मोक्तानका १५ वर्षीय छोरा बुद्ध लामा मोक्तान घाइते भएकाले उपचारका लागि चितवनस्थित मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ।

मृतक तीन बालकको शव परीक्षणका लागि मनहरिबाट हेटौँडा अस्पताल ल्याइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell