
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना मलेसियाका प्रधानमन्त्री नजिब रजाकलाई भेट्ने भएका छन्।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार उनीहरुबीच ह्वाइट हाउसमै भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।
सेक्टेम्बर १२ मा हुने भेटवार्तामा दुई पक्षीय सम्बन्धलाई थप मजबुद र फराकिलो बनाउने बारेमा छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ।
साझा क्षेत्रीय विषयमा सहकार्य गर्ने विषयमा पनि उनीहरुबीच गम्भीर छलफल हुने ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। रासस/सिन्ह्वा