PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

गैरपत्रकारकाे सदस्यता खारेज गर्ने अभियान सुरु गर्छौंः अध्यक्ष आचार्य



रासस

गैरपत्रकारकाे सदस्यता खारेज गर्ने अभियान सुरु गर्छौंः अध्यक्ष आचार्य

भक्तपुर :  नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताएका छन्। 

भक्तपुरमा रफत सञ्चार क्बलले महासङ्घका पदाधिकारीको सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष आचार्यले अबदेखि महासङ्घको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्ने बताए। 

अध्यक्ष आचार्यले भने,‘पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिक सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन्।’

उनले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासङ्घले पहिलो मुद्दा बनाउने बताए। 

महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले महासङ्घलाई कुनै पार्टी र व्यक्तिको घर नभइ पवित्र मन्दिर बनाउने बताए।

महासचिव रमेश विष्टले महासङ्घले पत्रकार र सञ्चारमाध्यम दुवै पक्षलाई सक्षम बनाएर अगाडि बढाउने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell