PahiloPost

Jun 24, 2026 | १० असार २०८३

स्वास्थ्य मन्त्रालयको दाबीः बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या छैन



रासस

स्वास्थ्य मन्त्रालयको दाबीः बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या छैन

काठमाडौँ :  बाढीपहिरो प्रभावित क्षेत्रमा कुनै रोग तथा स्वास्थ्यको समस्या वा महामारीको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी केन्द्र तथा आफ्नाअन्तर्गतका निकायबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। हालसम्म करिब २४ हजार १६९ स्वास्थ्य सेवा प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ। 

केन्द्र, क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित जिल्लामा एक हजार ५०० स्वास्थ्यकर्मी परिचालन भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिए। 

साथै औषधि, अन्य उपकरणको मागअनुरुप वितरण भइरहेको उनले जानकारी दिए। प्रभावित जिल्लामा सञ्चालन भएको कार्यक्रम समीक्षा गर्दै तत्काल समस्याको सम्बोधनसमेत हुने गरेको महानिर्देशक पन्तले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell