PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

मौसमी रुघाखोकीबाट कास्कीमा थप एकजनाको मृत्यु



रासस

मौसमी रुघाखोकीबाट कास्कीमा थप एकजनाको मृत्यु

पोखरा : मौसमी रुघाखोकीबाट पोखरामा अर्का एक नाबालकको मृत्यु भएको छ। 

पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका बालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए। 

उनलाई पोखराको ओम अस्पतालमा उपचारका लागि ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लगिएको थियो। एक महिनाअघि सो रोगबाट तीन जनाको मृत्यु भइसकेको छ। 

अगस्त महिनाको १५ दिनमै १९३ जनामा मौसमी रुघाखोकीको लक्षण देखापरेको बरालको भनाइ छ। 

मौसमी रुघाखोकीको परीक्षण गराउने पश्चिमाञ्चलको एक मात्र क्षेत्रीय स्वास्थ्य प्रयोगशालामा फेब्रुअरी महिनादेखि आजसम्म ३१५ जनाको परीक्षण गराउँदा २८२ जनामा पोजिटिभ देखिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell