PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

चिन्नुस् यो वर्ष सबैभन्दा बढी कमाउने १० कलाकार



पहिलोपोस्ट

चिन्नुस् यो वर्ष सबैभन्दा बढी कमाउने १० कलाकार

फोब्स पत्रिकाले यस वर्ष विश्वभरमा सबैभन्दा बढी कमाउने सेलिब्रिटीको सूची सार्वजनिक गरेको छ। संसारका सबैभन्दा बढी आम्दानी गर्ने कलाकारको सूचीमा तीन बलिउडका हिरोहरु पनि समावेश छन्।  

ट्रान्सफर्मर : दी लास्ट नाइटका हिरो मार्क वलबर्ग सूचीको सबैभन्दा माथि छन्। उनलाई ड्वेनी जोनसन र भ्यान डिसेलले पछ्याएका छन्। शीर्ष १० को पछिल्लो तीन सूचीमा बलिउडका तीन कलाकार शाहरुख, सलमान र अक्षयकुमार अटाएका छन्।

सन् २००१६ को जुन १ देखि सन् २०१७ को जुन १ का बीच कलाकारले गरेको आम्दानीलाई आधार बनाउँदै फोब्सले यस्तो सूची जारी गरेको हो। हेर्नुस् कुन कलाकारले कति कमाए (अमेरिकी डलरमा) :

१.    मार्क वेलबर्ग – ६८ मिलियन

२.    ड्वेनी जोनसन – ६५ मिलियन

३.    भ्यान डिसेल – ५४.५ मिलियन

४.    एडम स्यान्डलर – ५०.५ मिलियन

५.    ज्याकी चैन – ४९ मिलियन

६.    रोवर्ट डाउनी जुनियर – ४८ मिलियन

७.    टम क्रुज – ४३ मिलियन

८.    शाहरुख खान - ३८ मिलियन

९.    सलमान खान – ३७ मिलियन 

१०.    अक्षय कुमार ३५.५ मिलियन 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell