PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

जिपको ठक्करबाट सिन्धुलीको रामटारमा मोटरसाइकल चालकको मृत्यु



रासस

जिपको ठक्करबाट सिन्धुलीको रामटारमा मोटरसाइकल चालकको मृत्यु

सिन्धुली :  विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रामटारमा मोटरसाइकल र बोलेरो जिप आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । 

काठमाडौँबाट सिन्धुली गइरहेको वा१४च २४९३ नम्बरको जिपले वा३५प ९३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सुनकोशी गाउँपालिका–५ का ३८ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा खुर्कोटस्थित भरोसा अस्पतालमा मृत्यु भएको हो।

सोहीघटनालाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन्। स्थानीयवासीले मृतकको शवलाई राजमार्गमा राखेर सवारी चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell