PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

डुङ्गा दुर्घटना हुँदा ब्राजिलमा कम्तीमा १९ जनाको मृत्यु  



रासस

डुङ्गा दुर्घटना हुँदा ब्राजिलमा कम्तीमा १९ जनाको मृत्यु  
फोटो श्रोतः scmp.com

ब्रासिलियाः  ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ। 

झन्डै ७० जना यात्रु बोकेको डुङ्गा दुर्घटना हुँदा अन्य कैयौं हराइरहेका स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन्। 

अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा डुङ्गा डुबेको थियो। 

स्थानीय पत्रिका फोल्हा डे एस पाउलोले सोमबार बुलेका सान्तारेमबाट भिटोरिआ डे छिङगुतर्फ गएको डुङ्गा दुर्घटना भएको जनाएको छ।

पछिल्लो विवरण अनुसार १९ जनाको शव उद्धारकर्ताले फेला पारेका छन् भने झन्डै तीस जना अझै बेपत्ता भएका छन्। 

डुङ्गा डुब्नुको कारण अहिलेसम्म पत्ता लाग्न नसकेको ती अधिकारीले बताएका छन्।  

अमेजन नदीमा विभिन्न ठाउँमा बेलाबेलामा बढी यात्रु बोक्ने गरेकाले यस्ता दुर्घटना हुने गरेका छन्। यस क्षेत्रमा यात्राका लागि जलमार्ग धेरै प्रयोग गर्ने गरिन्छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell