PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ



रासस

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

मेलम्ची :  सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

२०७१ जेठ ७ मा सिन्धुपाल्चोक जिल्ला अदालतले २५ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना गर्ने फौसला गरेपछि फरार रहेका मेलम्ची–१३ फटकशिलाका केशवप्रसाद दंगाललाई प्रहरीले पक्राउ गरेको हो।

२०७० साल मंसिर १६ गते दंगालले चलाएको टिपरको ठक्करबाट सोही गाउँका चित्रबहादुर डोटेलको मृत्यु भएको थियो। 

लुकीछिपी फटकशिलाबेसीमा बसिरहेका दंगाललाई मेलम्ची इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell