PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने राजपाको निर्णय



पहिलोपोस्ट

तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने राजपाको निर्णय

काठमाडौँ :  राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। 

केन्द्रीय पदाधिकारी तथा अध्यक्ष मण्डलका बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदबाट प्राविधिक रुपमा असफल भएपनि आफ्ना अधिकार र पहिचान स्थापित भएको हुँदा आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिने निर्णय भएको बताए।

त्यस्तै बैठकले संविधान संशोधनको पक्षमा बन्दै गएको वातावरणलाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको ठहरसमेत गरेको छ। 

बैठकले तेस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारी चयन गर्न निर्वाचन हुने आठवटै जिल्लामा केन्द्रीय पर्यवेक्षक पठाउने निर्णयसमेत गरेको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए दिए। 

संविधान संशोधनको माग पूरा नभएको भन्दै राजपाले स्थानीय तहको यसअघि सम्पन्न दुई चरणको निर्वाचन बहिष्कार गरेको थियो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell