काठमाडौँ : विवेकशील साझा पार्टी तथा चिकित्सा शिक्षाका विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अवैधानिकरुपमा नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयले सम्वन्धन दिएको भन्दै उजुरी दर्ता गरेका छन्।
कलेजलाई अवैधानिक रुपमा सम्बन्धन दिएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया, शिक्षाध्यक्ष सुधा त्रिपाठी, रजिष्ट्रार डिल्लीराम उप्रेती, झुटो प्रतिवेदन दिने पदाधिकारीहरूलाई कारवाहीको माग गर्दै उनीहरुले आयोगमा उजुरी दर्ता गरेका हुन्।
उजुरीमा उनीहरुले कलेजलाई सम्बन्धन दिन संलग्नहरुलाई हदैसम्मको कारवाहीको माग गरेका छन्।