PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जिप भाडाको दश प्रतिशत रकम बाढीपीडितलाई दिने



रासस

सोलुखुम्बु : सोलुखुम्बु–काठमाडौँ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ।

दूधकोशी यातायात प्रालिका सदस्य एवं सोलुखुम्बु काउण्टर इञ्चार्ज दोर्जी शेर्पाका अनुसार कम्पनीले भदौ र असोज महिनामा सल्लेरी–काठमाडौँ तथा काठमाडौँ–सल्लेरी यात्रा गर्ने हरेक यात्रुबाट लिइएको भाडाको १० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सेवासँगै सामाजिक सेवा पनि आफूहरुको उद्देश्य भएकाले यस्तो गर्न लागिएको उनले बताए।

एक वर्षअघि दर्ता भई सञ्चालन भइरहेको दूधकोशी यातायात प्रालिले अहिले २३ वटा सुमो जिपबाट सल्लेरी–काठमाडौँ–सल्लेरी जिप सेवा सञ्चालन गरिरहेको छ। हाल सल्लेरी–काठमाडौँ जिप भाडा एकतर्फी एकहजार ३०० रहेकाले प्रत्येक यात्रुले तिरेको रकमबाट १३० रुपैयाँ विपत्तिमा परेकाका लागि सहयोग हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell