PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

इब्राहिमोचिभ फेरी युनाइटेडमा अनुबन्धित, १० नम्बर जर्सी लगाउने



पहिलोपोस्ट

इब्राहिमोचिभ फेरी युनाइटेडमा अनुबन्धित, १० नम्बर जर्सी लगाउने

इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले स्वीडिस स्ट्राइकर ज्लाटन इब्राहिमोचिभलाई पुन: एक वर्षको लागि अनुबन्धन गरेको छ।

गत सिजन युरोपा लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि युनाइटेडले जुनमा उनलाई रिलिज गरेको थियो। तर इब्राहिमोभिच फिट भएपछि युनाइटेडसँग पून: १ वर्षको सम्झौता गरेका हुन्।

गत वर्ष उनले युनाइटेडका लागि ४६ खेल खेल्दै २८ गो गरेका थिए।

गत सिजनमा इब्राहिमोभचिले गरेको प्रदर्शनका कारण नै उनलाई विश्वास गरेको क्लबका म्यानेजर जोसे माउरिन्होले बताए।

'म त्यो अन्तय गर्न फर्कदैँछु जुन मैले सुरुवात गरेको थिएँ।' इब्राहिमोभिचले भनेका छन्। उनले आफ्नो र क्लब दुवैको चाहना आफू क्लबमै बसोस भन्ने रहेको समेत बताए।

युनाइटेडका लागि दोस्रो पटक अनुबन्धित भएपछि इब्राले इन्स्टाग्राममा आई युनाइटेड इट भन्दै फोटो पोस्ट गरेका छन्।

यस्तै इब्राहिमोभिचले अब युनाइटेडमा १० नम्वरको जर्सी लगाएर खेल्नेछन्। वायन रुनीले लगाउँदै आएको उक्त जर्सी उनी एभरटन गएपछि कसैले लगाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell