PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

अकिला धनन्जयले ६ विकेट लिएपनि श्रीलंकालाई जिताउन सकेनन्, भारतलाई २-० को अग्रता



पहिलोपोस्ट

अकिला धनन्जयले ६ विकेट लिएपनि श्रीलंकालाई जिताउन सकेनन्, भारतलाई २-० को अग्रता

अकिला धननज्यले ६ विकेट लिएपनि महेन्द्र सिंह धोनी र भुवनेश्वर कुमारले सम्हालियर खेलेपछि भारतले दोस्रो वान डे मा श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ।

जितपछि भारतले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ।

४७ ओभरमा २३१ रनको लक्ष्य पाएको भारतले ४४.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि धोनी र कुमारले आठौँ विकेटका लागि नटआउट सय रनको साझेदारी गरे।

त्यसअघि पहिलो विकेटका लागि शिखर धवन र रोहित शर्माले पहिलो विकेटका लागि १०९ रनकव साजेदारी गरेका थिए। रोहितले ५४ रन बनाए भने भवन अर्धशतक बनाउन १ रनले चुके।

यी दुई खेलाडी आउट भएपछि धर्मराएको भातरिय इनिङ्स धोनी र कुमारले सम्हालेका हुन्।

धोनीले ६८ बलमा नटआउट ४५ रन जोडे भने ८० बल खेलेका भुवनेश्वर कुमारले ४ चौका र ज्ञ छक्काको मद्दतमा नटआउट ५५ रनको योगदान गरे। भारतका लोकेश राहुल ४, केदार जादव १, विराट कोहली ४, हार्दिक पाण्ड्या ०, अक्सर पटेल ६ मा आउट भए।

श्रीलंकाका लागि २३ वर्षिय धन्नजयले १० ओभरमा ५४ रन खर्चिदै ६ विकेट लिए।

त्यसअघि घरेलु मैदान पल्लेकेमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३६ रन बनाएको थियो।

१२१ रन बनाउँदा ५ विकेट गुमाएको श्रीलंकाका लागि छैटौँ विकेटमा सिरिवर्दनले र कपुदगेराले ९१ रनको साझेदारी गरेका थिए।

श्रीलंकाका लागि मिलिन्दा सिरिवर्दनले सर्वाधिक ५८ रन बनाए। यस्तै चमारा कपुदेगराले ४० तथा नरोसान डिकवलाले ३१ रन बनाए। भारतका लागि जसप्रित बुमराहले ४ तथा युभजेन्द्र चाहलले २ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell