PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

आजबाट इम्वोस्ड नम्बर दर्ता शुरु



पहिलोपोस्ट

आजबाट इम्वोस्ड नम्बर दर्ता शुरु

काठमाडौं : सरकाले ल्याएको इम्वोस्ड (डिजीटल) नम्बर प्लेट दर्ता प्रकृया आजबाट शुरु भएको छ। यातायात व्यवस्था विभागले शुक्रवारबाट बागमती यातायात कार्यलयमा दर्ता भएका सवारीको दर्ता गर्ने जानकारी दिएको छ।

पहिलो चरणमा सोमबारबाट सरकारी गाडीहरुमामा नम्बर जडान गरिने छ। भदौ ५ गते सोमबार यातायात मन्त्री वीर बहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको औपचारिक उद्धघाटन गरेका थिए।

अहिले विभागको तथ्याङक अनुसार लगभग ४० हजार सरकारी गाडीहरु रहेका छन्।

पहिलो चरणमा उक्त गाडीहरुमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याइनेछ। त्यसपछि क्रमश अन्य गाडीहरुमा ५ बर्षभित्रमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको विभागले जनाएको छ।

सरकारले बजेटमा पनि ५ बर्षभित्रमा देशभरिका सबै सवारीसाधनमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ।

 

कति पर्छ मूल्य?

नम्बर प्लेट जडान गर्न मोटरसाइकलका लागि २५ सय, तीन पाङग्रे सवारीका लागि २९ सय रुपैयाँ तोकिएको छ। चारपाङग्रेका लागि ३२ सय रुपैयाँ तथा हेभी सवारीसाधनका लागि ३६ सय रुपैयाँ तोकिएको छ।

 

के हो इम्बोस्ड नम्बर प्लेट?

सामान्य नम्बर प्लेट भन्दा बलियो र किफायती हुने यो नम्बर प्लेटमा लेखिएका अक्षरहरु प्लेटको सतहभन्दा माथि उठेका हुन्छन्।

यो नम्वर प्लेट एकपटक जडान गरिसकेपछि निकाल्न नमिल्ने खालको हुन्छ। यस्तो नम्बर प्लेटको कम्तीमा पनि १० बर्षभन्दा माथिको आयु हुने विज्ञहरु बताउँछन्।

 

इम्बोस्ड नम्बर प्लेट जडान गरिएको सवारीसाधनमा प्रविधियुक्त चीप राखिएको हुन्छ। जसमा सवारीसाधनको सम्पुर्ण विवरण उल्लेख हुन्छ।

प्रदेशमा सवारी दर्ता प्रणालीलार्इ यसै नम्बर प्लेट मार्फत व्यवस्थित गर्ने तयारी भैरहेको यातायात व्यवस्था विभागका अधिकारी बताउँछन्।

यस्तै शहरका विभिन्न भागमा यो नम्बर प्लेटलार्इ रिड गर्ने मेसिन सहितका गेटहरु राखिन्छन्। जसलाइ पार गर्ने सवारी साधनको विवरण उक्त गेट (मेसिन)ले रिड गर्ने अटो इन्ट्री गर्दछ।

यस माध्यमबाट कसको सवारीसाधन कसले प्रयोग गरिरहेको छ, कर तिरेको छ/छैन, कुन ठाँउमा पुगेको छ, कता जाँदै छ, जस्ता जानकारी यातायात व्यवस्था विभाग/कार्यालय वा ट्राफिक कक्षमा बसेर सहजै थाहा पाउन सकिन्छ। यातायात व्यवस्था विभागले ५ स्थानमा मेसिन सहितको गेट राख्ने तयारी भैरहेको बताएको छ।

राजमार्ग तथा मुख्य नाकाहरुमा यस्तो गेट राखिने यातायात व्यवस्था विभागका प्रवक्ता पाण्डेले बताएका छन्। यस्ता खालका नम्बर प्लेटहरु विभिन्न देशहरुमा प्रचलित र लोकप्रिय भएपनि नेपालमा भने चर्चामा रहेपनि कार्यान्वयनमा आउन सकेको थिएन्। यो नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको चोरी र अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell