PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

घरमै सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा वृद्धको मृत्यु



रासस

घरमै सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा वृद्धको मृत्यु

इलाम : इलामको चुलाचुली गाँउपालिका–२, मोरङगे झोडामा गएराति हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।

हात्तीको आक्रमणबाट ६३ वर्षीय धनबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। श्रेष्ठलाई आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा राति आएको हात्तीले सुँडले बोकेर घरबाट अन्दाजी दुईसय मिटर पर लगेर लछार–पछार गरेर मारेको हो।

घटनास्थलमा पोल्टीमारीका र स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको प्रहरीले जनाएको छ। उनको शवपरीक्षणका लागि मोरङको उर्लाबारी लगिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell