PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै



पहिलोपोस्ट

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
फोटो : http://mithiladharohar.blogspot.com

बर्दिवास : हिन्दू महिलाले तीज व्रत समापन गरेसँगै महोत्तरी सहितका मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ। भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले आज दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्नेछन्।

खासगरी घरमूली महिला चौरचन व्रत बस्ने मैथिल परम्परा छ। हिन्दू परम्परामा भाद्र शुक्लपक्षको चन्द्रमा दोषपूर्ण मानिने हुनाले मिष्ठान्न परिकार र फलफूल डालीमा राखेर चन्द्रमा देखाएपछि दोष मेटिने मैथिल हिन्दू बताउँछन्।

भाद्र शुक्लपक्षको चौथीका दिन विशेष विधिपूर्वक चन्द्रमालाई फलफूल र मिष्टान्न परिकार देखाएर यो व्रत बस्दा अनाहक दोषबाट बचिने जनविश्वास छ।  

यस पर्वका लागि घरको आँगनबीचमा लिपेर बनाइएको शुद्ध (वेदी) मा चन्द्रमालाई अर्घ्य दिइन्छ। साँझ चन्द्रमालाई खिर, पुरीसहितका मिष्ठान्न परिकार, दही, केराका घरी र अन्य फलफूल देखाएर अघ्र्य दिएपछि यो पर्व समापन गरिन्छ।

चौरचन पर्वमा इष्टजनलाई आँगनमा बनाइएको शुद्ध वेदीभित्र बसाएर प्रसाद ख्वाइने गरिन्छ। सबै जाति समुदायले मनाउने यो मिथिलाको मुख्य पर्वमध्ये मानिने गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell