PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

सुरक्षा कारबाहीमा अफगानिस्तानमा एक सय भन्दा बढी तालिवान विद्रोहीको मृत्यु



रासस

सुरक्षा कारबाहीमा अफगानिस्तानमा एक सय भन्दा बढी तालिवान विद्रोहीको मृत्यु
फोटो श्रोतः sputniknews.com

काबुल :  अफगानिस्तानका १८ विभिन्न राज्यमा २४ घण्टाको अन्तरालमा गरिएका सुरक्षा कारबाहीमा १०१ जनाको मृत्यु भएको अफगानी सेनाले जनाएको छ। घटनामा ४१ जना घाइते भएका छन्।

अफगानी राष्ट्रिय सेनाले प्रहरी र गुप्तचर सेवाका अधिकारीको सहयोगमा १७ ठाउँमा विद्रोहीविरुद्धको अभियान चलाएकोमा १०१ जनाको मृत्यु भएको र ४१ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

मृत्यु हुनेमा एक जना उच्च तहका तालिवान नेता र सात जना विशेष तालिम प्राप्त तालिवानी लडाकू रहेका विज्ञप्तिमा जनाइएको छ। 

कारबाहीका क्रममा सेनाले ६३ वटा एम्बुस राख्न प्रयोग गरिने खालका ठूला विष्फोटक पदार्थ नियन्त्रणमा लिई निष्क्रिय पारेको जनाइएको छ। सेनाले कारबाहीका क्रममा १४ पटक हवाई आक्रमण गरेको थियो। 

घटनाबारे विद्रोहीकातर्फबाट अझै कुनै प्रतिक्रिया आइसकेको छैन। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell