PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राष्ट्रसङ्घले गाजा क्षेत्रका लागि थप २५ लाख अमेरिकी डलर सहयोग दिने



रासस

राष्ट्रसङ्घले गाजा क्षेत्रका लागि थप २५ लाख अमेरिकी डलर सहयोग दिने
फोटो श्रोतः boston.com

रामल्लाह : संयुक्त राष्ट्रसङ्घका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजकले प्यालेष्टिनी भूभाग गाजा क्षेत्रमा रहेको आधारभूत सामग्रीको अभाव हुन नदिन थप सहयोग दिने बताएका छन्। 

संयुक्त राष्ट्रसङ्घका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजक रोवर्ट पाइपरका अनुसार गाजा क्षेत्रमा अतिआवश्यकीय मानवीय सहयोगको अभाव हुन नदिन २५ लाख अमेरिकी डलर बराबरको थप सहयोग प्राप्त हुनेभएको जानकारी दिए। 

पाइपरले बिहीबार प्रेस बिज्ञप्ति जारी गरी सहयोगले विभिन्न १९० वटा स्वास्थ्य, खानेपानी, तथा सरसफाई आयोजनाको सञ्चालन गर्न, इन्धन तथा औषधिजन्य सामग्रीको व्यवस्था गर्न पछिल्लो सहयोग दिएको बताए। 

गाजा चार महिनादेखि उर्जा सङ्कट बेहोर्दै आएको छ। अहिले गाजा क्षेत्रमा मात्रै २५ प्रतिशत विद्युत आपूर्ति हुने गरेको विज्ञप्तिमा उल्लेख छ।

यसलाई सम्बोधन गर्न दुई करोड ५० लाख अमेरिकी डलरको माग गरिएको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell