PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

सर्पले डसेर सप्तरीमा एक महिलाको मृत्यु



रासस

सर्पले डसेर सप्तरीमा एक महिलाको मृत्यु

राजविराज : सप्तरीको सुरुङगा नगरपालिका–५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। 

सर्पले डसेर ५५ वर्षीया सुगवतीदेवी यादवको मृत्यु भएको हो। राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले यादवलाई डसेको थियो। 

सर्पको डसाइबाट सिकिस्त भएकी यादवको उपचारका क्रममा राहु स्मारक अस्पताल लहानमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell