PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

भक्तपुरमा थपिए १४ हजार मतदाता



रासस

भक्तपुरमा थपिए १४ हजार मतदाता

भक्तपुर : निर्वाचन कार्यालय भक्तपुरले सञ्चालन गरेको एक महिने फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ३६ हजार ८७५ जना मतदाता थपिएका छन्। 

साउन १ गतेदेखि जिल्लाका चारवटै नगरपालिकामा गरिएको मतदाता नामावली संकलन एवं अद्यावधिक कार्यमा विभिन्न जिल्लाका नागरिकले नाम दर्ता गराएका कार्यालय प्रमुख उमेश राईले जानकारी दिए। 

भक्तपुर जिल्लामा मतदान गर्न पाउने १४ हजार ३१३ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन्। 

यसअघिको स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लाको कूल एक लाख ६१ हजार ५२९ जना मतदाता थिए भने अभियानमा मतदाता संख्या थपिएपछि भक्तपुरमा एक लाख ७५ हजार ८४२ मतदाता पुगेका कार्यालय प्रमुख राईले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell