PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

भियतनामका राजदूत थान्हसँग नेपाल–भियतनाम व्यापारबारे छलफल



रासस

भियतनामका राजदूत थान्हसँग नेपाल–भियतनाम व्यापारबारे छलफल

काठमाडौं :  नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ। 

भारतको राजधानी नयाँदिल्लीमा भएको छलफलका क्रममा वाणिज्यदूत श्रेष्ठले आगामी दिनमा दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ गर्न व्यापारिक प्रतिनिधि मण्डलको भ्रमणलाई प्राथमिकता दिनु पर्ने तथा राहदानी प्रक्रिया सरलीकरणका विषयमा छलफल भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष मल्होत्राले नेपालमा कृषि, पर्यटन, सूचना प्रविधि आदिमा लगानी विस्तारका लागि राजदूत थान्हसँग आग्रह गरे। 

भेटघाटमा राजदूत थान्हले दुई देशबीचको सम्बन्धलाई मजवुत बनाउन, पर्यटन विस्तार तथा व्यापार वृद्धिका लागि संघसँग समन्वय गरी कार्य गर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell