PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

सरकारी चिकित्सकलाई स्वास्थ्यमन्त्रीको निर्देशनः निजी क्लिनिक बन्द गर्नुस्



रासस

सरकारी चिकित्सकलाई स्वास्थ्यमन्त्रीको निर्देशनः निजी क्लिनिक बन्द गर्नुस्

धनुषाः स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन्। 

जनकपुर अञ्चल अस्पतालको निरीक्षणका लागि आएका मन्त्री पोखरेलले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा निजी क्लिनिक नचलाई अस्पतालको सेवा सुधारमा ध्यान दिन आग्रह गरे।

उनले भने,‘यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ।’ 

स्वास्थ्यमन्त्री पोख्रेलले डा रामपरीक्षण यादवलाई अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट हटाइ दुई साताअघि मात्र नियुक्त गरेका डा कल्पना बछारलाई लक्षित गर्दै भने,‘निजी क्लिनिक बन्द गर्ने कामको सुरुवात मेसुबाटै हुनुपर्दछ। आफै निजी क्लिनिक सञ्चालन गर्नेले अरुलाई निर्देशन दिनसक्दैन। त्यसैले मेसुले अबिलम्व निजी क्लिनिक बन्द गर्नुपर्दछ।’ 

करिब दुई वर्षदेखि सञ्चालन हुननसकेको अस्पतालको आइसीयु सेवा शीघ्र सञ्चालन हुने बताउँदै मन्त्री पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापनमा संवेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए। 

छलफलमा चिकित्सकले अस्पतालमा भौतिक पूर्वाधारका साथै जनशक्ति अभाव रहेको गुनासो गरेका थिए। अस्पतालमा दुई विज्ञ, चार मेडिकल अधिकृत र १६ जना नर्स मात्र छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell