PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

नेपाली अभिनेत्रीहरुको तीज 'लुक्स'



पहिलोपोस्ट

नेपाली अभिनेत्रीहरुको तीज 'लुक्स'

काठमाडौं: दर खाने दिन, व्रत बस्ने दिन र ऋषी पञ्चमीको दिन। तीजेगीतको भाकामा कम्मर मर्काउनेहरु नाच्न थालिसकेका छन्। हरितालिका तीजको माहोलले गाउँ-सहर रंगिएका छन्। गाउँ सहर मात्र नभएर सामाजिक सञ्जालको भित्ता पनि उस्तै रङ्गीन देखिनु स्वभाविक हो।

यस्तोमा नेपाली अभिनेत्रीहरु किन टाढा रहन सक्थे? नेपाली फिल्म क्षेत्रकाहरु यसै पनि हरेक दिन जस्तो इन्स्टा र फेसबुक मार्फत आफ्नो नयाँ काम, लुक्स र भेटघाटको अपडेट गराउँछन्। तीजलाई पनि उनीहरुले सारी र रातो लुगामा रङ्गिएको देखाउने राम्रो अवसर बनाए। उनीहरुले आफ्नो तीज विशेष लुक्सको फोटो सहित हरितालिका तीजको शुभकामना दिएका हुन्।

कसैले तीजकै दिन फोटो त कसैको तीज विशेष सुटिङकझ फोटो। यस्तो छ केही नेपाली अभिनेत्रीहरुको तीज लुक्स: नायिका रेखा थापाले सेल्फी पोस्ट गर्दै लेखेकी छिन्: 'धार्मीक दृष्टिकोणले हरितालिका तीज नारीहरुको सौभाग्य र समृद्धिका निम्तिको, पर्व मानिन्छ। यसमा तर्क देख्दछु, अझ म यसलाई नारी शक्तिको, नारी दिवस/नारी सम्मेलनको रुपमा पनि हेर्दछु, बुझ्दछु। सबै दिदी बहिनीहरु एक ठाउँमा भेला भएर नाँचको उत्सव मनाएर, मनमा कतै पीडा र नैराश्यताको शेष बाँकी भए जरैबाट उखेलिने वातावरणको पर्याय बन्न पुग्छ तीज। यसको महत्वलाई बुझेर नि हाम्रो धर्म, संस्कृती, संस्कार र यसका मूल्य, मान्यतालाई बचाई राख्नुपर्छ। भड्किलो र खर्चिलो भन्दा नि, यसका सकरात्मक पक्षसँग नजिक भएर यस उत्सवलाई भव्य रुपमा मनाऊ! देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदी बहिनीहरुलाई हरितालिका तीजको हार्दिक शुभकामना!!!'



त्यस्तै अभिनेत्री नीशा अधिकारीले पनि सेल्फी सहित पती सरद भेषवाकारलाई शिव भगवानको आशिर्वाद रहोस् भन्ने कामना सहित फोटो पोस्ट गरिन्।



फिल्म म यस्तो गीत गमउँछुमार्फत अभिनेत्री साथै निर्मात्री समेत बनेकी पूजा शर्माले तीजको शुभकामना यो फोटो पोस्ट गरिन्: 



करिष्मा मानन्धररले  लेखिन्,'स्वदेश तथा विदेश रहनुहुने सम्पूर्ण दिदिबहिनी लाई हरितालिका तीज को शुभकामना।'



नायिका वर्षा राउतले भने तीज गीतको भिडियोको लागि तयार भएको अवस्थामा लिएको सेल्फी इन्स्टाग्राममा पोस्ट गरेकी छिन्।



त्यस्तै वर्षा शिवाकोटीले आमासँगको तश्विर राखेर आफ्नो फ्यानलाई तीजको शुभकामना व्यक्त गरिन्। 



नीता ढुङ्गानाले पनि सुटिङको फोटो राखेर तीजको कामना व्यक्त गरेकी थिइन्।



प्रियङ्का कार्कीले तीजको शुभकामना दिन आफ्नो फोटो पोस्ट गरिन्। फेसबुकको सोही पोस्टमा दीपाश्री निरौलाले आफ्नो तीज विशेष फोटो कमेन्ट गर्दै प्रियङ्कालाई शुभकामना दिइन्।





अभिनेत्री नम्रता श्रेष्ठले इन्सटनग्राममा सेल्फी राख्दै सबैलाई तीजको शुभकामना दिएकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell