PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

निर्वाचन आयोगले दलहरुसँग माग्यो नमूना हस्तक्षर



पहिलोपोस्ट

निर्वाचन आयोगले दलहरुसँग माग्यो नमूना हस्तक्षर

काठमाडौंः निर्वाचन आयोगले असोज २ गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दलका तर्फबाट विभिन्न पदमा खडा गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको दस्तखतको नमूना आयोगमा पेश गर्न आग्रह गरेको छ। 

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको अध्यक्षतामा बिहीवार बसेको बैठकले उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर र निजको दस्तखतको नमूना आयोगको केन्द्रीय कार्यालयमा बुझाउन आग्रह गरेको हो।

आयोगले भदौ १३ गतेसम्म बुझाउन दलहरुलाई सूचितसमेत गरेको छ। दस्तखतको नमुना आयोगमा बुझाउँदा राजनीतिक दलको केन्द्रीय 
कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय संलग्न गराउनुपर्ने छ ।

यस्ता छन् राजनीतिक दलले पूरा गर्नुपर्ने प्रक्रियाः 
१.    दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले सोही समितिको पदाधिकारीलाई त्यस्तो दलको तर्फबाट मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना आयोगमा पेश गर्न तोक्ने गरी गरेको निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने।

 २.  तोकिएको पदाधिकारीले मनोनयनको औपचारिक पत्र प्रमाणित गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारीको नाम, थर, पद र दस्तखत नमूनाको सक्कलै प्रति पेश गर्नुपर्ने। 

३.  मनोनयन पत्रको औपचारिक पत्र प्रदान गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको एक वा सोभन्दा बढी संख्यामा पदाधिकारी तोक्न सकिने र यसरी  एकभन्दा बढी  संख्यामा पदाधिकारी तोक्दा आयोगले निर्धारण  गरेको ढाँचामा निजले औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको क्षेत्र (प्रदेश वा जिल्ला) समेत खुलाई छुट्टाछुट्टै फारम पेश गर्नुपर्ने।

४.    दलको मनोनयनको औपचारिक पत्र प्रमाणित गर्ने पदाधिकारी निर्वाचन आयोगमा अद्यावधिक गरिएको सो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको  पदाधिकारी हुनुपर्ने ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell