PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

म्यानमारको राखिन राज्यमा भएको हिंसामा १२ जनाको मृत्यु, मारिनेमा ५ प्रहरी पनि



रासस

म्यानमारको राखिन राज्यमा भएको हिंसामा १२ जनाको मृत्यु, मारिनेमा ५ प्रहरी पनि

याङ्गुन :  म्यानमारको राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ जनाको मृत्यु भएको छ। आक्रमणमा परी पाँच प्रहरी अधिकारीसहित १२ जनाको मृत्यु भएको हो। 

सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई लक्षित गरी राखिन राज्यमा रोहिङ्गया आतङ्ककारी समूहले भीषण आक्रमण गरेका राज्य सल्लाहकार आङ सान सुकीको कार्यालयले जानकारी दिएको छ। 

म्यानमारको यस तटीय राज्यमा महिनौदेखि धार्मिक हिंसा जारी छ। शुक्रबार २० भन्दा बढी प्रहरी चौकीमा करिब १५० आतङ्ककारीहरुले बिहानै सबेरै हमला गरेका विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिका अनुसार सो राज्यमा रहेका प्रायः प्रहरीचौकीमा आक्रमण भएको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell