PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

पोखराको पृथ्वीचोकस्थित नेपाल बैंकको शाखा कार्यालयमा आगलागी



पहिलोपोस्ट

पोखराको पृथ्वीचोकस्थित नेपाल बैंकको शाखा कार्यालयमा आगलागी

कास्कीः  पोखराको पृथ्वीचोकस्थित नेपाल बैंक लिमिटेडको शाखामा गएराति आगलागी भएको छ। 

विद्युत् सर्ट भई शाखाको काउन्टरमा आगलागी भएको देखेपछि बैंकका सुरक्षा गार्डले महानगरपालिकाको बारुण यन्त्रलाई खबर गरेका थिए। 

बारुणयन्त्र तत्कालै पुगेर आगो निभाएकाले ठूलो क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।

आगलागीबाट बैंकको काउन्टरमा रहेका पाँचवटा कागजपत्रका पोकामा सामान्य क्षति पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell