PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा सुरु



रासस

मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा सुरु

झापा :  मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा सुरु भएको छ। 

नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज आयोजित कार्यक्रममा सेवा शुभारम्भ गरे। 

उनले मेची अस्पतालमा सुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ५० लाख रुपैयाँको लागतमा होमोडायलोसिस सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले जानकारी दिए। 

चारवटा मेसिनबाट सेवा सुरु गरिएको र दैनिक कम्तीमा आठ जनाले सेवा पाउने उनले बताए। 

अस्पतालले आजैदेखि भिडियो इण्डोस्कोपी सेवा पनि सञ्चालनमा ल्याएको छ। ३० लाख रुपैयाँको लागतमा सो उपकरण खरिद गरी सेवा शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिए। 

भिडियो इण्डोस्कोपी सेवा शुरु भएसँगै ग्याष्ट्रिक, अल्सर, क्यान्सरलगायत रोगको पहिचान र उपचार गर्न सहज हुने डा ठाकुरले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell