PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कञ्चनपुरमा तस्करले करेन्ट लगाएर हात्ती मारे



रासस

कञ्चनपुरमा तस्करले करेन्ट लगाएर हात्ती मारे

भीमदत्तनगर : कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेकाे छ। 

जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गरे।

उनले भने,‘प्रारम्भिक जानकारीअनुसार तस्करले बँदेल मार्न विद्युतीय एम्बुस थापेको जस्तो देखिन्छ तर सो एम्बुसमा भाले हात्ती परेर मरेको आज बिहान थाहा भयो।’ 

हात्ती मारेको खबरपछि भीमदत्तनगरबाट जिल्ला वन कार्यालयको टोली पुनर्वास पुगेर अनुसन्धान गरिरहेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell