PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

घर भत्किँदा दैलेखमा एक महिलाको मृत्यु



रासस

घर भत्किँदा दैलेखमा एक महिलाको मृत्यु

दैलेख :  दैलेख बजारमा बिहीबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ। 

स्थानीयवासी रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका– ११ की ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो।

घटनामा परी सोही ठाउँका ३५ वर्षीया विन्दु शाही र १२ वर्षीया मुना शाही घाइते भएका प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell