PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण



रासस

पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

काठमाडौँ :  नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गरेका छन्। 

महासङ्घद्वारा आज आयोजित पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यलाई निवर्तमानले पदभार हस्तान्तरण गरे। 

भदौ ५ गते सम्पन्न महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा विपुल पोख्रेल र दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, उदय जिएम, शीतलप्रसाद महतो, रेमबहादुर विश्वकर्मा र प्रकाश थापा तथा कोषाध्यक्ष राजेश मिश्र निर्वाचित भएका थिए। 

महासङ्घमा पदाधिकारीसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। यस्तै लेखा समितिको संयोजकमा रोशन पुरी विजयी भएका थिए। 

नवनिर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको बगैँचामा कपुरको बिरूवा रोपेर र नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले त्यही बिरूवामा पानी राखेर पद हस्तान्तरण गरेका थिए।

महासङ्घले निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। त्यसैगरी महासङ्घका कर्मचारीलाई सम्मान गरेको छ। 

सोही अवसरमा सभामुख ओनसरी घर्तीले पत्रकारको पेशागत हक हितका लागि महासङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। 

नवनिर्वाचित अध्यक्ष आचार्यले महासङ्घ सधैँभरि प्रेस स्वतन्त्रताको पक्षमा रहने बताए। सबैको सल्लाह, सुझावका आधारमा सबै पक्षलाई साथमा लिएर अगाडि बढ्ने उनको प्रतिबद्धता थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell